बिर्तामोड । 

श्री कृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको अध्यक्षमा मिलन बस्नेत सर्वसम्मत भएका छन् । आज बिहिबार श्री देवचन्द्र सदनमा भएको परिषदको ५३ औं साधारणसभा तथा जिल्ला अधिवेशनबाट बस्नेत परिषदको अध्यक्षमा पुःन दोस्रो कार्याकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् । 

समितिको उपाध्यक्षमा बिष्ण्ुाप्रसाद प्रसाई र मुरलिधर कोइराला महासचिव गिरिधर कट्टेल,  सचिव दिपक दिनेश दाहाल, कोषाध्यक्ष, कालीप्रसाद रिजाल, सह–कोषाध्यक्ष, देवीप्रसाद खनाल, सदस्यहरुमा, हरिप्रसाद कडरिया, मोहन कोइराला, शर्मा, रामकुमार खनाल,नरेन्द्र प्रसाद मैनाली, विमलराज पाण्डे, दुर्गा प्रसाद पाण्डे, रामनाथ उप्रेती, ताराप्रसाद खतिवडा, युवराज खतिवडा, दिपेन्द्र अधिकारी 

सर्वसम्मत निर्वाचित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि कर्मठयोगी सन्त श्री १०८ कृष्णदासजी महाराज रहेका थिए । 

कार्यक्रममा भागवत भाष्कर श्री प्रमोद सुधाकाजी महाराज ९बृन्दाबन०, श्री कृष्ण प्रणामी मन्दिर गोपीधाम धरानका सन्त श्री जगतनन्दन महाराज, सतगुरु देवचन्द्र सदनका अध्यक्ष हरी प्रसाद कडरिया, धुलाबारी कृष्ण प्रणामी मन्दिरका अध्यक्ष जीवनकुमार सापकोटा, कृष्ण प्रणामी युवा परिषद  प्रदेश नम्बर १  का अध्यक्ष अनिल ढुङ्गाना, सत्संग सेवा परिषद झापाको पूर्व अध्यक्ष प्रजापति कोइराला ,वाइजुराज संघ झापा अध्यक्ष प्रेमकुमारी भट्टराई, लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

grop pic

 परिषदका महासचिव मुरलीधर कोइरालाले  संचालन गरेको कार्यक्रममा हालै निर्वाचित भएका कृष्ण प्रणामी युवा परिषद झापाका अध्यक्ष टहलदास ओली, निवर्तमान अध्यक्ष सुबास रिजाललाई सम्मान पनि गरिएको थियो । अध्यक्ष बस्नेतको  सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य परिषदका उपाध्यक्ष विष्णुप्रसाईले गरेका थिए भने कार्यक्रममा स्वागत भजन प्रमिला कोईराला गौतमले  प्रस्तुत गरेकी थिइन ।