मोरङ । 

मोरङ बुढिगङ्गा गाउपालिका –६ सैतानपुरका २६ बर्षीय कामलिस माझीको करेन्ट लागेर मृत्यु भएको छ । सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगेरकरेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागि गम्भिर घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना विषयमा प्रहरी चौकी कोयलपुरको  प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।