झापा ।
झापा झापा गाँउपालिका–१ माईती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका–१ का ३७ बर्षीय लखन टुडु सतार , ५६ बर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतार रहेका छन ।
२०७८ भदौ २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा झापा गाँउपालिका–१ स्थित सानो माईखोलामा महिलाको अर्ध शरीर भएको टाँउको, घाटी,पेट (कम्मर भन्दा माथीको भाग) तथा घुडा भन्दा मुनीको भाग नभएको अवस्थामा लास फेला परेको जनाकारीसँगै तत्काल जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाको प्रहरी टोलीले घटनास्थल मुचुल्का तथा कानुनी कारबाही अगाडी बढाएको थियो । प्रहरीले अनुसन्धान तथा महिलाको अर्ध शरीरको सव फेला परेको सम्बन्धमा स्थानीयसहित उनको पहिचान गराउने क्रममा अर्ध शरीरको लाश ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको खुलेको थियो । लाशको पहिचान खुलेसँगै थप अनुसन्धानमा जुटेको प्रहरीले जनाएको थियो ।
उनको हत्या गरेको पुष्ठी गरेसँगै उनको हत्यामा संलग्न रहेका पक्राउ परेका चारै जनालाई असोज १ गते पक्राउ गरेको थियो । आज जिल्ला प्रहरी कार्यालय झापाबाट पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो । पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्तहरु रहेको र जग्गाको बिषयमा उनीहरुको बिच बिबाद हुदै आएको थियो । भदौ २५ गते यी चारै जना मिलेर धोन्नी टुडुलाई माईखोला किनारमा लगेर शरीरको बिभिन्न भागमा काटी टुक्रा–टुक्रा पारेर खोलामा फालेको भन्ने अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडी बढाई घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ ।