सुनसरी ।
सुनसरी ईटहरी २ बस्ने ४० बर्षीया निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ । आज (बुधवार) विहान सवा १० बजे ईटहरी–बरगाछिस्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक निरा गम्भीर घाईते भएकी थिइन् ।
उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी –७ का ३० बर्षीय कार्तिक रिसिदेब प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।