बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले परिवारको आफन्तको निधनमा आर्थिक सहयोग गरेको छ ।
संस्थाकी कर्मचारी मञ्जु राईकी सासुआमा चन्दा थिङ्ग (लेछर्बो) को निधनमा मंगलवार( आज) समवेदनासहित ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
समवेदनासहित मञ्जु राईको घर शिवसताक्षी नगरपालिकाको झिझिलेमा पुगेर संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले आर्थिक सहयोग प्रदान गरेका थिए । समवेदना कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य कृष्णप्रसाद पोखरेल, चन्द्रगढी सेवा केन्द्रका प्रमुख जीनोद हस्दा, मंगलवारे सेवा केन्द्रका प्रमुख प्रकाश लुइटेललगायतको उपस्थिति रहेको थियो ।