सुनसरी । 

सुनसरी बराहक्षेत्र नगरपालिका –११ खत्वे टोल की ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई उनलाई शरिरको बिभिन्न भागमा कुल्चि घाईते बनाई हात्ती भागेको थियो । घाईते खत्वेलाई स्थानियले घरतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको  ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

  घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ  ।