अर्जुनधारा ।
झापाको अर्जुनधारामा नयाँ सहकारीको रुपमा सञ्चालनमा आएको अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारी संस्थाले अन्र्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम गरेको छ ।
सहकारीको माध्यमबाट कृषकहरुले उत्पादन गरेको कृषि तथा पशुपन्क्षीजन्य वस्तुको प्रशोधन, प्याकेजीङ र बजारीकरण गर्ने उदेश्यले सञ्चालमा आएको संस्थाले सोमवार अन्र्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम गरेको हो । संस्थाले कृषकको आर्थिक जीवनस्तर उकास्ने उद्धेश्यले रहेको छ । उक्त कार्यक्रम संस्थाको औचित्य र आवश्यकताका वारेमा जानकारी गराउने उदेश्यले गरेको जनाइएको छ ।
नगर तदर्थ समितिका अध्यक्ष प्रत्युस रानाको अध्यक्षता तथा नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, पशुपन्क्षी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राई र सहकारी ऐन् मस्यौदा समितिका संयोजक रुद्रमणी श्रेष्ठले सहजिकरण गरेका थिए ।
नगरपालिकाले प्रबद्र्धन गरेको उक्त सहकारीले उत्पीडनमा परेका कृषकहरुको लागि आर्थिक समृद्धीको बलियो आधार भएको नगर प्रमुख रानाले बताए । उनले सपना केवल नगरपालिकाको मात्र नभई सिङ्गो नगरवासीको भएको बताए ।
शेयर सदस्यहरुलाई लक्षित गर्दै उनले सफलता र असफलता शेयर सदस्यको हातमा रहेको बताउँदै असफल भए नगरपालिकाले दिने अनुदानमा रोक लगाउने बताएका छन् । समितिकी सदस्य देवकला प्रसाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन अर्का सदस्य रुद्रप्रसाद गिरीले गरेका थिए । संस्थामा हाल पाँच सय १५ जना शेयर सदस्य रहेका छन् ।