झापा । 

झापा मेचीनगर नगरपालिका– ४ राईसिंगबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सोही स्थानका १८ बर्षीय दिलबहादुर मगर रहेका छन् ।

प्रहरी चौकी बाहुनडाँगीको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।