झापा ।
झापाको अर्जुनधारा नगरपालिका –२ घर्लेनी टोलस्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् ।
सुखानीबाट टाईटिङ खोलातर्फ जादै गरेको ना १ क ५४०० नम्बरको क्रेन गाडीको पछाडी साइडको भागमा चढी बसेको मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका साहको क्रेनको पछाडीको बाँया साइडको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको थियो ।
क्रेन र क्रेन चालक रौतहट रंगपुर २ का २४ बर्षीय मुकेश चौधरी ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।