बिर्तामोड । 

झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालले लगभग एक महिनाको अवधिमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्क्रिनीङ्गको लागि निःशुल्क सञ्चालित स्वास्थ्य उपचारको विवरण सार्वजनिक गरेको छ । 

अस्पतालले सामाजिक उत्तरादायित्व अन्र्तगत भदौ ६ देखि ३१ गतेसम्म निःशुल्क सञ्चालन गरेको शिविरको विवरण सार्वजनिक गरेको हो । 

अस्पतालले ओपिडी जाँच परिक्षण २ हजार ८७ जनाको गरेको छ । त्यस्तै डेक्छा स्क्यान ५५, पाप स्मेयर ३ सय २३, मेमोग्राम १ सय ४१, सीए १२५ ५ सय ३७ र कोल्पोजकपी २९ वटा गरेको अस्पतालका जनसम्पर्क प्रमुख प्रोमिश गिरीले जानकारी दिएका छन् ।

दक्षिण एशियाकै अत्याधुनिक स्वास्थ्य उपकरण तथा विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरुको समुहले क्यान्सर रोगको उपचार सेवा प्रदान गरेको अस्पतालले दावी गरेको छ । अस्पतालमा उत्कृष्ट उपकरणसहितको रेडियो डायोनोस्टिक तथा प्याथोलोजी सेवाहरु सञ्चालन गरेको जनसम्पर्क प्रमुख गिरीले बताए ।  

bnc2