झापा । 

विदेशी कामदारको अभावले आर्थिक क्षेत्रमा दीर्घकालीन रूपमा ठूलो घाटा भैइरहेको भन्दै मलेसियाले विदेशी कामदार ल्याउने तयारी गरेको छ । मलेसियाले प्लान्टेशन क्षेत्रमा ३२ हजार विदेशी कामदार ल्याउने तयारी थालेको हो । 

मलेसियाका मानव संशाधन मन्त्री सरवानन मुरुगनले प्लान्टेशनमा श्रमिकको अभावलाई कम गर्न तत्काललाई करिब ३२ हजार विदेशी कामदार ल्याउने  स्वीकृति सरकारले दिने निर्णय गरेको  स्थानीय दि स्टार अनलाइनले जनाएको छ ।

 विदेशी कामदार ल्याउने तयारी स्वरूप मानव संशाधन मन्त्रालयले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै २ हजार क्षमताको कोभिड आइसोलेसन केन्द्र स्थापना गर्ने  भएको छ । 

  विदेशी कामदारलाई प्रवेश दिने सरकारी प्लान्टेशन क्षेत्रमा देखिएको श्रमिकको अभाव हट्ने जनाइएको छ । मलेसियामा कोभिडको संक्रमणपछि नयाँ विदेशी कामदारको एप्रूभल भने दिइएको छैन ।