झापा । 

झापाका अग्रज पत्रकार लीला बराल संविधान दिवसको अवसरमा जनसेवाश्री पदकद्धारा सम्मानीत हुने भएका छन् ।  कान्तिपुर दैनिकमा लामो समय पत्रकारिता गरेका बराल ७ औ  संबिधान दिवसका अवसरमा  राष्ट्रपतिद्धारा सम्मानीत हुने भएका हुन् ।

वरालले पत्रकारिताका माध्यमद्धारा समाजलाई पुर्याएको  योगदानको उच्च मूल्याङ्कन गर्दै जनसेवाश्री पदकबाट सम्मानीत गर्न लागिएको जनाइएको छ ।

२०४५ सालदेखि पत्रकारिता गर्दै आएका बरालको पत्रकारिताको यात्रा ३३ बर्ष भएको छ । उनलाई आगामी बैशाख १ गते  राष्ट्रपतिद्धारा जनसेवाश्री पदकबाट सम्मानीत गर्ने जनाइएको छ ।