बिर्तामोड । 

बिर्तामोड उद्योग बाणिज्य संघको पहलमा आएको कोरोना भाइरस विरुद्धको खोप आज शनिवार सात सय ३६ जनालाई लगाइएको छ ।

संघको पहलमा आएको खोप बिर्तामोड क्षेत्रका ब्यवसायीहरुलाई पहिलो प्राथमिकतामा राखेर शनिवार र आइतवार लगाइने जनाइएको छ ।  संघले संघमा आवद्ध व्यवसायीलाई शनिबार  कोरोना भाइरस बिरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरेको हो।  

संघको आग्रहमा २ हजार ५ सय खोप ल्याइएको  संघका प्रबक्ता संजीव घिमिरेले जानकारी दिए ।  तर ५ सय खोप यस अघि नै बिर्तामोड स्थित कृषि उपज बजारमा रहेका व्यापारीलाई लगाइएको उनले जानकारी दिए  ।

  संघले शनिवार र आइतवार गरेर दुई दिन खोप लगाउने बताइएको छ ।  उनले खोप पर्याप्त मात्रामा नआएकाले  फ्रन्ट लाइनमा रहेर व्यवसाय संचालन गरिरहेका व्यवसायीलाई प्राथमिकता दिदै खोप लगाइएको बताए ।  जम्मा एकहजार ९ सय ५० डोज खोप आएको प्रवत्ता घिमिरेले बताएका छन् । व्यवसायीहरु लामो सयमदेखि खोपको माग गर्दै आएका थिए । संघमा झण्डै चार हजार व्यवसायी आवद्ध छन् ।