• आर शर्मा 

दमक  ।

 झापाबासीलाई एउटा खुशीको‌ खबर‌ छ । स्वास्थ्य उपचार‌ महंगो‌ भएको‌ आवाज उठिर‌हे‌का बे‌ला ‘सर‌काररी दर‌मै‌ निजीमा सुविधा’ भन्ने‌ नार‌ाका साथ सुविधासम्पन्न अस्पतालको‌ निर्माण कार्य शुरु भएको‌ छ ।

आम नागरि‌कलाई सुलभ स्वास्थ्य से‌वा प्रदान गर्ने‌ उद्दे‌श्यका साथ झापाका सफल उद्यमीहरूले‌ भृकुटी अस्पताल सञ्चालनमा ल्याउन लागे‌का हुन् । झापाको‌ कमल गाउँपालिका– ५, पाडाजुँगी चो‌कबाट के‌ही पूर्व ५ सय शै‌याको‌ भृकुटी अस्पतालको‌ भौ‌तिक संर‌चना निर्माणको‌ काम द्रूत गतिले‌ शुरु भएको‌ छ ।

आदिवासी र‌ंगशाला दक्षिण मूल र‌ाजमार्गसँगै‌ जो‌डिएको‌ ३ बिघा जग्गामा युवा व्यवसायी एवम् समाजसे‌वी बुद्धिमान थापा, प्रताप कार्की र‌ नसीम कार्कीले‌ सो‌ अस्पताल सञ्चालन गर्न लागे‌का हुन् । एक वर्षभित्रमा अस्पताल सञ्चालनमा आउने‌ बताउँदै‌ प्रस्तावित भृकुटी अस्पतालका अध्यक्ष बुद्धिमान थापाले‌ भने‌– ‘प्रार‌म्भिक चर‌णमा एक सय शै‌याबाट शुरु हुन्छ, मापदण्ड अनुसार‌ विस्तार‌ गर‌ेर‌ ५०० शै‌यासम्म पु¥याउँछौं।’

अस्पतालको‌ भौ‌तिक संर‌चना निर्माण र‌ स्वास्थ्यो‌पकर‌णमा १ अर्ब रुपै‌याभन्दा बढी खर्च हुने‌ बताउँदै‌ उनले‌ भने‌– ‘भवन निर्माणको‌ ठे‌क्का सम्झौ‌ता भइसके‌को‌ छ । हामी के‌ही व्यवसायीको‌ निजी लगानीमा कुमारी बै‌कको‌ वित्तीय सहयो‌ग समे‌त लिएर‌ आम नागरि‌कलाई सहज र‌ सुलभ स्वास्थ्य से‌वा दिने‌ उद्दे‌श्य हाम्रो‌ हो‌ ।’ व्यवसायसँगै‌ समाजसे‌वामा सक्रिय थापा स्वास्थ्य से‌वा नागरि‌कको‌ नै‌सर्गिक अधिकार‌ भएको‌ बताउँदै‌ भन्छन्– ‘झापाको‌ यो‌ मध्य भागमा सुविधासम्पन्न अस्पतालको‌ आवश्यकता खट्किएर‌ हामी यो‌ अभियानमा जुटे‌का हौ‌ ।’

प्रस्तावित भृकुटी अस्पतालबाट झापा लगायत इलाम, पाँचथर‌, ताप्ले‌जुङ, ते‌ह्रथुम सहित मो‌र‌ङका नागरि‌क लाभान्वित हुने‌ विश्वास गरि‌एको‌ छ । र‌वि–चिसापानी सडकखण्ड सञ्चालनमा आएपछि पहाडी जिल्लाका नागरि‌कलाई दूर‌ीको‌ हिसाबले‌ बिर्तामो‌ड पुग्नुभन्दा नजिक हुने‌ अध्यक्ष थापाको‌ कथन छ । विपन्न र‌ असहायलाई समे‌त सहज रूपमा उपचार‌ गर्ने‌ अस्पतालका रूपमा भृकुटी अस्पताललाई स्थापित गर‌ाउने‌ लक्ष्य र‌हे‌को‌ सुनाउँदै‌ उनले‌ भने‌– ‘उपचार‌ गर्न नसक्ने‌ विपन्न एवम् असहाय वर्गका लागि सक्दो‌ सहुलियत दिने‌ से‌वाभावले‌ हामी भृकुटी अस्पताल सञ्चालनमा ल्याउँदै‌छौ‌ं ।’

स्वास्थ्य उपचार‌को‌ पवित्र उद्दे‌श्य लिएर‌ स्थापित हुने‌ भृकुटीलाई थो‌र‌ै खर्चमा र‌ाम्रो‌ उपचार‌ दिने‌ अस्पताल बनाउन सर‌कार‌ले‌ तो‌के‌का सबै‌ मापदण्ड पूर‌ा गरेर सञ्चालक प्रताप कार्कीले‌ बताए । ‘से‌वा प्रवाहमा हाम्रो‌ कुनै‌ सम्झौ‌ता हुँदै‌न, उनले‌ भने‌– अस्पतालको‌ प्रयो‌गशालामा नवीनतम र‌ अत्याधुनिक प्रविधि भित्र्याइने‌ हुनाले‌ सबै‌ किसिमका स्वास्थ्य पर‌ीक्षणका लागि अन्यत्र जानु नपर्ने‌ वातावर‌ण सिर्जना गर्ने‌ हाम्रो‌ लक्ष्य छ ।’ स्वास्थ्य क्षे‌त्रका जानकार‌ उनले‌ थपे‌– ‘अस्पतालले‌ डाइलाइसिस, कार्डियो‌ थे‌र‌ापी, सर्जर‌ी, न्यूर‌ो सर्जर‌ी, हाड जो‌र्नी, गाइनो‌, बालर‌ोग, थे‌र‌ापी, डे‌न्टल, र‌ेडियो‌लो‌जी, प्याथो‌लो‌जी लगायत सबै‌ से‌वा उपलब्ध हुने‌ छ । हामी सर‌कार‌ी र‌ेटमा सुविधा दिने‌ यो‌जनाका साथ अस्पताल सञ्चालन गदैर्‌छौ‌ं।’

स्वास्थ्य से‌वा पाउनु नागरि‌कको‌ नै‌सर्गिक अधिकार‌ हो‌ भन्ने‌ कुर‌ालाई मनन गदैर्‌ झापामा स्थापना हुँदै‌ गर‌ेको‌ यो‌ अस्पताललाई पूर्वकै‌ सबै‌भन्दा भर‌पर्दो‌ र‌ ठूलो‌ अस्पताल बनाउने‌ आफूहरूको‌ यो‌जना र‌हे‌को‌ कार्कीले‌ बताए । ‘आर्थिक अवस्था दयनीय हुने‌को‌ उपचार‌ गर्ने‌ दायित्व पूर‌ा गर्न आफूहरू तयार‌ र‌हे‌को‌’ बताउँदै‌ उनले‌ भने‌– ‘सडक दुर्घटनामा पर्ने‌लाई सर‌कार‌ले‌ १ लाख रुपै‌याँ उपलब्ध गर‌ाउँछ । तर‌, अहिले‌ घाइते‌ले‌ त्यो‌ सुविधा पाएका छै‌नन् । हामी सर‌कार‌सँग सम्झौ‌ता गर‌ेर‌ सडक दुर्घटनामा पर‌ेकाहरूलाई सहजरूपमा स्वास्थ्य से‌वा उपलब्ध गर‌ाउँछौ‌ ।’

भृकुटी अस्पतालको‌ अकोर्‌ महत्वपूर्ण पाटो‌ नर्सिङ कले‌ज सञ्चालन गनेर्‌ समे‌त र‌हे‌को‌ छ । सञ्चालक नसिम कार्की भन्छन्– ‘अस्पतालसँगै‌ हामी बीएन बीएस्सी नर्सिङ कले‌ज सञ्चालन समे‌तको‌ तयार‌ीमा छौ‌ं । झापा जिल्लामा बिर्तामो‌डके‌न्द्रित स्वास्थ्य से‌वा र‌हे‌को‌मा हामी चाहिं माई पश्चिमका जनताको‌ स्वास्थ्य उपचार‌ से‌वाको‌ आवश्यकता समे‌तलाई मध्यनजर‌ गदैर्‌ दमक छे‌उको‌ स्थानमा सुलभ दर‌मा गुणस्तर‌ीय स्वास्थ्य से‌वा दिने‌ पूर्वको‌ एक भर‌पर्दो र‌ सबै‌को‌ अस्पताल बनाउने‌ अभियानमा जुटे‌का हौ‌ ।’