काठमाडौं ।

नेपाल सरकारले चिनियाँ कम्पनीसँग खरिद गरेको कोरानो विरुद्धको खोप काठमार्डौ आएको छ ।  चिनिया कम्पनी  सिनोफार्मसँग खरिद गरेको ४४ लाख डोज खोप शुक्रबार काठमाडौं आइपुगेको हो । उक्त खोप आगामी ४ असोजदेखि नागरिकलाई लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले सिनोफार्मसँग  खरिद गरेको सबै खोप आइपुगेको छ ।

ठूलो परिमाणमा खोप प्राप्त भएकाले ४ गतेदेखि १४ गतेसम्म अभियानकै रुपमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ ।  देशका विभिन्न जिल्लामा खोप वितरण गर्न निर्देशन समेत भएको जनाइएको छ ।  

 हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिने योजना बनाइएको छ । १० हिमाली जिल्लामा ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा र दार्चुला पर्छन् ।