विराटनगर ।
१ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । मोरङ बुढीगंगा गाउपालिका –३ कोशी राजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोकिदा कार चालक मोरङ बेलबारी १ का ३८ बर्षीय बाबुराम कार्की, कारमा सवार ४३ बर्षीया गिता लिम्बु, ३० बर्षीया चन्द्रकला राई र ५५ बर्षीया कानी धिमाल घाईते भएका छन् । घाईते मध्ये चन्द्रकला राईको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको छ भने अन्य घाईतेको सोही अस्पतालमै उपचाररत रहेका छन् ।
यस्तै झापा मेचिनगर नगरपालिका –१२ कालीझोडा स्थित पुर्व–पश्चिम राजमार्गमा को २०प ४ नम्बरको मोटरसाईकले सोहि दिशातर्फ जादै गरेको मे.१ त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिई दुर्घट्ना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल पछाडी सवार मेचीनगर १३ का ३० बर्षीय युवराज लिम्बुको उपचारको लागी विएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो भने मोटरसाईकल चालक झापा कनकाई नगरपालिका ६ दुर्गापुरका ४३ बर्षीय दिल कुमार कार्की सोही अस्पतालमै उपचाररत द्धन् । ट्याक्टर चालक झापा मेचिनगर २ का २६ बर्षीय सुवास नेम्वाङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यसैगरी झापाकै बुद्धशान्ती गाउपालिका –३ ७ नम्बर चौक स्थित मेची राजमार्गमा मे.१० प ६०७ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउदै गरेको प्र.१–०१–००१ज ३५५५ नम्बरको पिकअप एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा गम्भिर घाईते भएका स्कुटी चालक मेचीनगर नगरपालिका १३ का ३२ बर्षीय पर्शुराम लिम्बुको विएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो भने सोही स्कुटीमा पछाडी सवार मेचीनगर नगरपालिका १३ की ३० बर्षीया मनिषा लिम्बु समेत घाईते भई सोही अस्पतालमै उपचार भईरहेको छ । पिकअप र चालक ईलाम सुर्योदय नगरपालिका १० का २७ बर्षीय विवेक प्रधान प्रहरीको नियन्त्रणमा रहेका छन् ।
मोरङ विराटगर महानगरपालिका –१२ कोशी प्रोजेक्ट स्थित भित्रीसडक खण्डमा को २१प ५६१२ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भिर घाईते भएका स्कुटी चालक विराटनगर महानगरपालिका १ का ४२ बर्षीय रंजित कुमार शर्माको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरी कार्यालयहरुले थप अनुसन्धान तथा कानुनि प्रकृया पुरा गरिरहेको प्रहरीले जनाएको छ ।