मोरङ ।
मोरङ मिकल्लाजुङ गाउपालिका –५ का ४३ बर्षीय जगतबहादुर लिम्बुलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।