विर्तामोड । 

विर्तामोडमा मुख्य कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई उपचार सहयोग, प्रसुती राहत, तथा शेयर सदस्यका परिवार –आफन्त) को निधनमा अवसान राहत प्रदान गरेको छ ।

संस्थाले पथरियाको शल्यक्रिया गरेका सेवा केन्द्र बनियानीका शेयर सदस्य गोविन्द न्यौपानेलाई पाँचहजार प्रदान गरेको संस्थाका सचिव मनोज भट्टराईले जानकारी दिए ।

त्यस्तै सोही सेवा केन्द्रका शेयर सदस्य प्रनिशा अधिकारीलाई महिला प्रसूती राहतबापत नगद सहयोग गर्नुका साथै सेवा केन्द्रका कर्मचारीका तर्फबाट बच्चाका लागि कोक्रो प्रदान गरेको बताइएको छ ।

त्यसैगरी चारआली सेवा केन्द्रका सदस्य मनोज अग्रवाल र बन्टीकुमार अग्रवालको आमाको निधनमा अवसान राहत अन्तरगत २० हजार रुपैयाँ प्रदान गरेको बताइएको छ ।

सहकारीको बनियानी सेवा केन्द्र अन्तरगत नै सदस्य दुर्गा भट्टराई –घिमिरे) का ससुरा बुबाको निधनमा अवसान राहत अन्तरगत १० हजार रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको सचिव भट्टराईले जानकारी दिए ।

सो अवसरमा संस्थाका अध्यक्ष केशव बस्नेत, सचिव भट्टराई, सञ्चालक समिति सदस्य सुरेन्द्र बुडाथोकी, तिलबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।