सुनसरी ।
सुनसरी दुहबी नगरपालिका –९ छाताबेलीस्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लाम की छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् । को १ ख ५४५१ नम्बरको ट्रिफरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।
ट्रिफर र चालक धनकुटा सहिद भुमी गाउँपालिका –४ का ३० बर्षीय हेमराज राई ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।