झापा । 


झापाको बिर्तामोड–३ स्थितबाट लागुऔषध खैरोहिरोईन  ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी–२ का ३४ बर्षीय भिमराज राई र पथरी–१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु  रहेका छन् ।

को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय अनारमनीको   प्रहरी टोलीले नियन्त्रणमा लिई  चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो ।

पक्राउ परेका राई उनीहरुको थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बु समेतको संलग्नता पाईएकोले उनलाइ समेत पक्राउ गरी दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।