चितवन ।
नवलपुरको गैंडाकोटमा यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्दिा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।गैंडाकोट नगरपालिका वडा नं.–१० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट अएको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका थिए ।
बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरुको परिचय खुलेको छैन ।
उक्त दुर्घटनामा २४ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।