बिर्तामोड ।
झापा बिर्तामोडमा प्रधान कार्यालय रहेको रामजानकी कृषि सहकारी संस्थाले सदस्यको ऋण मिनाह गरेको छ । संस्थाको चकचकी सेवाकेन्द्र कार्यालय अन्र्तगतका ऋणी सदस्यको निधन भएपछि परिवारलाई राहत स्वरुप ऋण मिनाह गरेको हो ।
संस्थाले मृतको आत्माको चिरशान्तिको कामना परिवारजनमा समबेदना ब्यक्त गरेको छ । ऋणी सदस्य सारिफ मियाँको.३७ हजार ५ सय सय १ रुपैयाँ ९७ पैसा र जुमालुदिन मियाँको ४६ हजार २ सय ७६ रुपैयाँ ८१ पैसा ऋण मिनाह साथै काजक्रिया खचैवापत परिवार १० हजार रुपैयाँ प्रदान गरेको संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिए ।
कार्यक्रममा संस्थाका व्यवस्थापक भण्डारी, सेवाकेन्द्र प्रमुख पुष्पराज भट्टराईलगायत अन्य कर्मचारीहरुको उपस्थििति रहेको थियो । कर्जा मिनाह पत्र र काजक्रियावापतको रकम परिवारका हकवालालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सञ्चालन शनिश्चरे सेवाकेन्द्रका प्रमुख संजीव सापकोटाले गरेका थिए ।