बिर्तामोड ।
जापानीज कम्पनीको टोयटा गाडीले एक्सचेन्ज अफर ल्याएको छ । पूर्व तथा तत्कालीन मेची अञ्चलका लागि आधिकारिक बिक्रेता कान्तिपुर अटो लिङ बिर्तामोडले सोमवार पत्रकार भेटघाट गर्दै एक्चेन्ज अफरका बिषयमा जानकारी दिएको हो ।
उक्त एक्सचेन्ज अफर ६ दिनका लागि मात्र भएको कान्तिपुर अटो लिङ बिर्तामोडका सञ्चालक राजेश उप्रेतीले जानकारी दिए । सो शोरुमबाट बर्षमा टोयटाका १५ वटा भन्दा वढि गाडी बिक्री हुने गरेको उनले जानकारी दिए । एक्सचेन्ज अफरभर टोयटासहित कुनैपनि कम्पनीको गाडी उचित मूल्याङकन गरी नयाँ गाडी दिइने उनले बताए ।
उक्त एक्सचेन्ज अफर कार्यक्रममको उद्घाटन बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, महिला उपाध्यक्ष पार्वता विमली खरेल, समाजसेवी ओम विमली र युनाइटेड टे«ड सिन्डीकेट काठमाडौका एसिष्टेन्ट जनरल मेनेजर जयनारायण यादवले संयुक्त रुपमा गरेका थिए ।
नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड टे«ड सिन्डीकेट काठमाडौका एसिष्टेन्ट जनरल मेनेजर यादवले झापाको बिर्तामोड, बिराटनगर, जनकपुर, चितवन, बुटवल, धनगढी, नेपालगञ्ज, पोखरालगायत १२ वटा टोयटा शोरुमहरुमा एक्सचेन्ज अफर कार्यक्रम रहेको बताए । उनले लो भर्सनमा गाडीको मूल्य एक करोड १६ लाख हाई भर्सनमा एक करोड ३८ लाख भएको साथै हाई ग्रेड गाडीको मुल्य एक करोड ८७ लाख भएको जानकारी दिए ।
गाडीमा पेट्रोल भर्सन, एकहजार ८ सय कोरलक क्लास, ६ जेनेरेशन, आटोमेटिक ग्यार, गाडी ब्याट्री र फ्युलबाट चल्ने विशेषतासहित सम्पूर्ण सुबिधा सम्पन्न गाडी भएको बताए । गाडीहरु रातो, कालो,सेतोलगायतका रंगमा उपलब्ध रहेका छन् ।