सुनसरी । 

सुनसरीको कोशी गाउपालिका –८ कोशी कटानबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सप्तरी हनुमान नगर कंकालनी– ७ का २१ बर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र  २५ बर्षीय रोशन मण्डल रहेका छन् ।

  जिल्ला प्रहरी कार्यालय सुनसरीको  प्रहरी टोलीले उनीहरुलाई लागूऔषध डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतिय नगद  २० हजार रुपैयाँसहित पक्राउ गरेको थियो । पक्राउ परेका तिनैजना उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।