वीरगञ्ज ।

 पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक पर्ने जंगलमा पर्सामा अवैध रुपमा रुख कटान गरी सालको गोलिया मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर समूहलाई प्रहरी टोलीमाथि आक्रमण गर्न खेजेपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । 

प्रहरी तस्करलाई नियन्त्रणमा लिन खोजेपछि आक्रमणमा उत्रिएपछि  प्रहरीले हवाई फायर गरेको हो ।

चार वटा मोटरसाइकलमा सवार आठ जना तस्कर समूहले पाँच जना प्रहरी टोलीमाथि नै आक्रमण गर्न खोजेका थिए । त्यसपछि आत्मरक्षाका लागि नौ एमएमको पेस्तोलबाट तीन राउण्ड हवाई फायर गरिएको हो प्रहरीले जनाएको छ ।

  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल सोमबार बिहान चार बजे तस्कर समूहलाई नियन्त्रणमा लिन हवाई फायर गरेको थियो ।  उनीहरु भने भाग्न सफल भएका छन् । प्रहरीले बीआर २२ एफ ४१०८ र ना ४० प ९३९६ नम्बरको मोटरसाइकलसहित दुई थान गोलिया काठ बरामद गरेको छ ।