दमक । 

मोरङको रतुवामाई नगरपालिकामा आज (आइतवार) देखि भौतिक रुपमै सवै बिद्यालयहरु सञ्चालनमा आएका छन् ।  धेरै बिद्यार्थी भएका बिद्यालयमा दुई सिफ्ट र थोरै बिद्यार्थी भएका बिद्यालयमा एकै सिफ्ट गरेको बिद्यालय सञ्चालनमा आएको हो । 

सरकारले तोकेका स्वास्थ्यका मापदण्ड पालना गर्दै तथा बिद्यालय सञ्चालन ढाचा २०७७ अनुसार बिद्यालय सञ्चालनमा आएको नगरका शिक्षा शाखा प्रमुख हरिहर घिमिरेले बताए । उनका अनुसार उक्त नगरपालिकाको छिमेकी नगरपालिकामा पनि आजदेखि बिद्यालय सञ्चालनमा आएका छन् । 

कोरोना भाइरसका कारण बन्द भएकावेला बिद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेपनि संस्थागत बिद्यालयमा खासै प्रभावकारी नदेखिएको शिक्षा शाखा प्रमुख घिमिरेले बताए । ‘निजि बिद्यालयमा केहि प्रभावकारी रहेपनि संस्थागत बिद्यालयमा अनलाइन कक्षा खासै प्रभावकारी भएन ।’