संखुवासभा ।
संखुवासभा मकालु गाउपालिका– ३ समटार स्थित निर्माणाधिन खाँदवारी–किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको JCB Backhoe Loader दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदवारी नगरपालिका –६ माथिल्लो पाङ्ठाका २४ बर्षीय श्याम बि.क. रहेका छन् ।
बि.क.ले चलाएको ज.१क.४१२ नम्बरको व्ऋद्य द्यबअपजयभ ीयबमभच काम गर्ने क्रममा पल्टेर १०० मिटर तल झरी दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना स्थलमा हेदाङनाको प्रहरी टोली गएर कानुनि प्रकृया पुरा गरी सवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खादबारी पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।