मोरङ ।
मोरङ बिराटनगर महानगरपालिका –४ कन्चनबारीमा प्रहरीले १० केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिद भुमि गाउपालिका– ७ का २४ बर्षीय सागर राई रहेका छन् ।
सीआरभी पोष्ट भट्टा चौकको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजासहित राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।