काठमाडौं । 

 यूनाइटेड अरब इमिरेट्स (यूएई) मा भिषा प्रक्रिया सहज बनाएको छ ।  दोहा र कतारले जनशक्तिको अभाव तथा आवश्यकता भएपछि   विदेशी कामदारको भिषा प्रक्रिया सहज बनाएको हो ।  

 यूएईमा शुरू हुन लागेका ५० वटा नयाँ योजनामा काम गर्ने विदेशी जनशक्तिको भिसा सम्बन्धी व्यवस्थामा परिवर्तन गर्दै भिषा प्रक्रिया सरल तथा सहज बनाएको छ ।

  युएईले  तोकिएका प्रोजेक्टमा काम गर्न जाने कामदारहरुलाई  प्रदान गर्ने भिसालाई ‘गोल्डेन भिसावाह’को श्रेणीमा राखेको छ । उनीहरूले स्थानीय स्पोन्सर बिना नै बस्न, काम गर्न तथा अध्ययन गर्न पाउने छन् ।

गोल्डेन भिसाको वर्गमा वैज्ञानिक, सीईओ, इन्जिनियर, म्यानेजर र प्राविधिक जनशक्ति रहेका छन् । नयाँ नियमले यूएईमा कारणबस जागिर गुमेको खण्डमा वा भिसाको म्याद सकिएको अवस्थामा तीन महिनासम्म बस्न सकिने भएको छ । पहिले त्यस्तालाई एक महिना मात्र यूएईमा बस्न दिने व्यवस्था थियोे ।