झापा ।
झापाका तीन बिद्यार्थी संगठनले सवै स्थानीयतहका शिक्षा शाखामा मागपत्र पेश गरेका छन् । अखिल (क्रान्तिकारी) झापा, नेपाल बिद्यार्थी संघ झापा र समाजवादी बिद्यार्थी युनियन झापाले सार्वजनिक गरेका आन्दोलनका कार्यक्रम अन्र्तगत सम्पूर्ण स्थानीयतह मागपत्र पेश गरेका हुन् । आन्दोलनका कार्यक्रम अन्र्तगत भदौ २२ देखि २४ गते स्थानीय शिक्षा शाखामा माग पत्र पेश गर्ने कार्यक्रम तय भएको थियो ।
२६ गतेसम्म माग पूरा नभए शैक्षिक संस्था, लेखा शाखा तालाबन्दी कार्यक्रम घोषणा गर्ने नेवि संघ झापाका सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए । उनले झापाका १४ स्थानीयतहमा मागपत्र बुझाएको बताउँदै झापा गाउँपालिकामा खासै बिद्यालय नभएकाले त्यहाँ मागपत्र पेश नगरेको बताए । अध्यक्ष उप्रेतीले माग सम्वोधन नभए तालाबन्दीलगायतका कार्यक्रम अघि वढाइने बताए ।
बिद्यार्थीले कोरोना भाइरस महामारीमा पनि अनलाइन कक्षा सञ्चालन वापत चर्को शुल्क लिएको, सरकारी बिद्यालयले पनि भर्ना शुल्क, मासिक शुल्क लगायतको वहानामा संस्थागत बिद्यालय सरह शुल्क असुलेको, शिक्षा शाखाले क्षेत्राअधिकारभित्र शैक्षिक गतिविधि तथा कानुन कार्यन्वयन नगरेको, शिक्षा शाखाले नियमित अनुगमन तथा नियन्त्रणमा ध्यान नगएको, पाठ्य पुस्तकहरु छनौट आफुखुसी गरेकोलगायतका समस्या समाधानका लागि विद्यालयमा मागपत्र पेश गरेका हुन् ।


















