काठमाडौँ ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारी काठमाडौ आइपुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । कतार एयरको विमानबाट एमसीसी उपाध्यक्ष फातेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
उनीहरु दुवैजना नेपालको चारदिने भ्रमणका लागि काठमाडौँ आइपुगेको बुझिएको छ । उपाध्यक्ष सुमारको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था निकै कडा पारिएको हो ।
विमानस्थलमा पत्रकारलाई समेत प्रवेश गर्न दिइएको छैन । नेपालमा एमसीसीको विरोध चर्किरहेका बेला नेपाल भ्रमण आएपछि उनीहरुको सुरक्षालाई लिएर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको हो ।


















