मोरङ । 

मोरङ ग्रामथान गाउपालिका गिदनिया –५ का ३० बर्षीय सन्तोष बिश्वासको करेन्ट लागेर मृत्यु भएको छ । ग्रामथान –५ लवारे  कुखुरा फार्ममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागेर बोहोस भएका बिश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा  मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।