सोलु


सोलुखुम्बु  थुलुङदुधकोशी गाउपालिका –८ दिप्लीघाटमा लु ३ त ५४५० नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारीका –२६ बर्षीय रमेश राउत रहेका छन् । 

सहचालक खोटाङ ऐसेलुखर्क –३ का १८ बर्षीय प्रदिप दाहाल समेत सामान्य घाईते भई स्थानिय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । सल्लेरीबाट सोताङतर्फ जाने क्रममा आफै अनियन्त्रित भई सडक देखि १० मिटर तल खसी दुर्घटना भएको थियो ।

घटनास्थलमा प्रहरी चौकी मुक्ली र जिल्ला प्रहरी कार्यालय सोलुको प्रहरी टोलीले आवश्यक कानुनि प्रकृया पुरा गरी सव पोष्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लुमा पठाईएको प्रहरीले जनाएको छ ।