मोरङ ।
मोरङ बेलबारी नगरपालिका –८ बलुहीका ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको समूहको प्रहरी टोलीले उनको घरबाट गाँजा ७ केजी ४ सय ४५ ग्राम बरामद गरेको हो ।
सहनीलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।