मोरङ ।
मोरङ मिक्लाजुङ्ग गाउपालिका –६ का २९ बर्षीय दिपक लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घर कोठामा बिजुलीको बत्ति बनाउने क्रममा करेन्ट लागी घाईते भएका उनको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।