झापा ।
झापा कचनकवल गाउपालिका– ६ बिशाल बस्ती नजिक भित्री सडक खण्डमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
पुर्व तर्फ जादै गरेको मे१०प ५३८९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे८प २१३७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर हुँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका २१३७ नम्बरको मोटरसाईकल चालक सोही स्थानका ३७ बर्षीय सोम दाहाल विएण्डी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
५३८९ नम्बरको मोटरसाईकल चालक सोही पालिका ५ का २६ बर्षीय करण राजबंशी र पछाडी सवार कचनकवल ३ की १८ बर्षीया जयमती राजबंशी घाईतेको उपचार भईरहेको छ । दुर्घटना भएका दुवै मोटरसाईल ईलाका प्रहरी कार्यालय बनियानीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।