चितवन ।

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ ः०० बजे सडकमाथिबाट पहिरो  खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागले जनाएको छ ।  पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने का विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिएका छन् ।