काठमाडौं । 

सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृतगरे सँगै भदौ ३० देखि असोज १८ गतेसम्म जनगणना गर्ने भएको छ ।  मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ ।

 जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने  विभागका निर्देशक ढुण्डीराज लामिछाने बताए ।  विभागको कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन् ।

त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने निर्देशक लामिछानेले जानकारी दिए । उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । जिल्लाहरुमा जनगणनाको तयारी निरन्तर भइरहेको बताइएको छ । । नेपालमा वि.सं १९६८ सालबाट जनगणना शुरु भएको हो ।