मोरङ ।
आफ्नो घरमा कारखाना संचालन गरि भरुवा बन्दुक बनाएर बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका –१ का ५२ बर्षीय आशबहादुर लिम्बु रहेका छन् । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारी प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद १ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान त्यस्तै फलामको काजो ३ थान लगायत बन्दुक बनाउन प्रयोग हुने औजारसहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।