झापा ।
झापा अर्जुनधारा नगरपालिका –९ खरवन्दी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका –११ बुद्धचौकका ३० बर्षीय मणिकुमार चौधरी रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले उनलाई २ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।