पाँचथर । पाँचथर मिक्लाजुङ गाउपालिका –२ लक्ष्मीचौक स्थितमा ट्याक्टरले सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  सोही पालिकाको लक्ष्मी चौकका २९ बर्षीय अविषेक आङदम्वे रहेका छनु ।  लसुने खोलाबाट ढुंगा लोड गरी आउदै गरेको प्रदेश नम्वर १–०१–००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा सोही ट्यक्टरका सहचालक रहेका अविषेक ओर्लदा पछाडीको चक्काले किचेर गम्भिर घाईते भएका उनको उपचारको लागि आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

ट्याक्टर र चालक सोही स्थानका २८ बर्षीय आईतहाङ आङदेम्वे ईलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा रहेको छन् । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।