काठमाडौं ।
हिजो रातीदेखि लगातार परेको पानीक कारण आएको वाढीले काठमाडौंका तीन सय ८२ घर डुबानमा परेका छन् । वर्षाका कारण आएको वाढीले खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको छ। एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको हो ।
बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताएका छन् । मानवीय क्षति भने नभएको बताइएको छ ।
तस्वस्वीर अनलाइनबाट