काठमाडौं । 

काठमाडौंको बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवा अबरुद्ध भएको छ । गत राती परेको अविरल वर्षाका कारण आएको बाढीले शंखमुल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन् ।

 प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।   उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 लुम्बिनी, बाग्मती, गण्डकी र २ नं प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनसहित पानी परिरहेकाले  सुरक्षित अवस्थामा रहन समेत मौसम विज्ञान विभागले  आग्रह गरिएको छ।

तस्वीर अनलाइनबाट