दमौली ।
कोरोना कहरका कारण गत वैशाखदेखि बन्द भएका बिद्यालयहरुमा भौतिक रुपमै पठनपाठन हुन थालेको छ । यसै क्रममा तनहुँका विद्यालयले भौतिक रुपमै पठनपाठन सञ्चालनमा ल्याएका हुन्। १० स्थानीय तहमध्ये ७ वटा स्थानीय तहका बिद्यालयले भौतिक उपस्थितिमा पठनपाठन शुरु गरका छन् । ग्रामीण भेगमा अनलाइन कक्षा सञ्चालनमा समस्या हुने गरेको छ त्यहाँ शहरमा जस्तो अनलाइन कक्षा प्रभावकारी हुने अवस्था पनि छैन ।
जिल्लाको व्यास, भिमाद, शुक्लागण्डकी, भानु नगरपालिका तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाले विद्यालय सञ्चालन गर्न थालेको देवघाटका शिक्षा अधिकृत होमनाथ लामिछानेले बताएका छन् ।
देवघाटले आइतबार मात्र विद्यालय सञ्चालन गराएको हो । अन्य स्थानीय तहले पनि केही दिन अगाडिबाट विद्यालय खुलाएका थिए ।
तोकिएको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालन गरी विद्यालयमा पठनपाठन सुरु गरिएको जनाइएको छ । कोरोना महामारीको जोखिम कायमै रहेकाले सबै मापदण्ड अपनाउन विद्यालयलाई निर्देशन समेत दिइएको छ ।
।