काठमाडौं । 

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित भएको छ ।  आइतबार दशरथ रंगशालामा भएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारत २–१ ले विजयी बनेको हो ।

खेलको ६२ औँ मिनेटमा भारतका लागि फरुक चौधरीले पहिलो गोल गरेका थिए ।  सुनिल क्षेत्रीले ८० मिनेटमा भारतको अग्रता दोब्बर पारेका थिए ।  ८६ मिनेटमा तेज तामाङले नेपालबाट गोल फर्काए पनि त्यसपछि नेपालले कुनै गोल फर्काउन सकेन ।