बिर्तामोड । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)  झापाले संगठन निर्माण अभियान अन्र्तगत झापाका  १३ स्थानीयतहमा सम्मेलन गरी  नयाँ नेतृत्व चयन गरेकोे छ ।

क्रान्तिकारीले आउदो मंगलबारसम्ममा झापाका १५ वटै स्थानीयतहमा कमिटी चयन गरिसक्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) झापाका अध्यक्ष अनिल सुवेदीले जानकारी दिए ।

उनका अनुसार मेचीनगरमा ३१, बिर्तामोड नगरमा ४१, अर्जुनधारा नगरमा ३१, कनकाई नगरमा २९, भद्रपुर नगरमा ३१, दमक नगरमा ३५, शिवसताक्षी नगरमा २९ सदस्यीय कमिटी चयन भएको छ ।

त्यसैगरी बुद्धशान्ति ३५, झापा २१, बाहदशी २५, कचनाकवल २५, हल्दिवारी २५ र कमल गाउँपालिकामा २१ सदस्यीय कमिटी चयन भएको अध्यक्ष सुवेदीले बताए । उनले गौरीगञ्ज र गौरादहमा मंगलवारसम्ममा किमिटि गठन हुने बताए ।

 त्यस्तै युनियन (क्रान्तिकारी) ले अनलाइन कक्षा शुल्क साथै विभिन्न शैक्षिक मुद्दाका विषयमा झापा केन्द्रित आन्दोलनका कार्यक्रमहरु गर्ने अध्यक्ष सुवेदीले बताएका छन् ।