झापा  । 

झापा शिबसताक्षी नगरपालिका –११ झिलझिले स्थित पुर्व–पश्चिम राजमार्गमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसतासक्षी नगरपालिका –८ की ३३ बर्षीया सुनिमा राई लिम्बु रहेकी छन् ।

पश्चिमतर्फ जादै गरेको प्र २ –०३–००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भिर घाईते भएकी उनको उपचारको लागि वीउण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

ठक्कर दिने लहरी र चालक चितवन राप्ती नगरपालिका –१ का ३१ बर्षीय प्रबिन लामा ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।