झापा । 

चारमहिनादेखि बन्द रहेका सिनेमा घर खुल्ला हुने भएका छन् ।  काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुखहरुको बुधवार वसेको बैठकले उक्त निर्णय गरेको हो । सिनेमा हलहरु स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर खोल्न दिने निर्णय गरेको थियो । शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिल्म छायांकन पनि खुल्ला गर्ने निर्णय गरेको छ । तर, २५ जनासम्मको समुहको उपस्थितिमा मात्र छायांकन गर्न प्रशासनले अनुमति दिएको जनाइएको छ । 

 सिनेमा हलहरुमा कूूल क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी दर्शकहरु राख्न पाइने गरी र चलचित्र तथा श्रव्यदृश्य छायांकनका लागि २५ जनासम्मको समुह परिचालन गर्ने निर्णय भएको जनाइएको छ । 

 बुधवार काठमाडौंसहित तीन जिल्लाका प्रशासन प्रमुखहरुको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हललाई सञ्चालनको अनुमति दिने निर्णय गरे पनि कति अकुपेन्सीमा खुलाउने भन्नेबारे केही बताएको थिएन । काठमाडौं जिल्ला प्रशासनले सिनेमा हल र फिल्म छायांकनको अनुगमन गर्ने जिम्मेवारी प्रहरीसँगै चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघलाई दिएको छ ।