अर्घाखाँची । 

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा शनिवार  बिहान भएको सवारइ दुर्घटनामा  एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । 

काठमाडौ‌बाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको माइक्रोबस   बिहान  ५  बजेको आसपासमा शीतगङ्गा नगरपालिका – ३ ठाडामा दुर्घटना भएको हो । 

दुर्घटनामा भूमिकास्थान–९  ढिकुराका  सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । 

घाइते छ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।