मोरङ । 

मोरङ धनपालथान गाउपालिका –७ कदमाहाका ३२ बर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज दिउसो पौने ११ बजे घर देखी ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा उनको डुवेर मृत्यु भएको हो ।

घटनाको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाको  प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।